जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड श्रीमती सीता दाहालको उपचार गर्न आज भारत जाँदै

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आफ्नी श्रीमती सीता दाहालको उपचार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन् । उनले श्रीमती सीतालाई लिएर भारतको मुम्बइ जान लागेको बताइएको छ ।

बिहान ११ बजेको उडानमार्फत भारत प्रस्थान गर्न लागेको प्रचण्डको सचिवालयको भनाइ छ । लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो ।

दाहालले केही दिन अगाडि मेडिसिटी अस्पतालमा उपचार गराएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अलग समूह बनाएका प्रचण्ड केही दिनदेखि विभिन्न स्थानमा विरोध सभा गर्दै आइरहेका छन् । यही समयमा श्रीमतीको स्वास्थ्यमा थप समस्या आएपछि उनी उपचारको लागि भारत जान लागेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि