जेठ ०५, २०८१, शनिबार
               

२९ को महिनामा ३० गते प्रचण्ड-नेपाल समूहको विरोध कार्यक्रम

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ ।

संघर्षका कार्यक्रममा पुस २० देखि माघ २३ गतेसम्म वडा तहदेखि संघीय राजधानीसम्ममा भेला र विराेध प्रदर्शनका कार्यक्रम तय गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक कदम भन्दै विराेध गर्दै आएकाे उक्त समूहले दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

यसरी संघर्षका कार्यक्रम तय गर्दा नेकपाले पुस महिना कति गते सम्मको छ भन्ने भने ख्याल नगरेको देखिएको छ ।

२९ गतेसम्म मात्र रहेको पुस महिनामा प्रचण्ड-नेपाल समूहले पुस ३० गतेका लागि समेत कार्यक्रम तय गरेको छ ।

नेकपाले सार्वजनिक गरेको संघर्षको कार्यक्रमअन्तर्गत '३० गते देशव्यापी सबै वडामा विरोध प्रदर्शन र सभा गरिने' उल्लेख गरेको छ ।

प्रवक्ता नायरायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको संघर्ष समितिले शनिबार नै बिहान छलफल गरेर दिउँसाे पत्रकार सम्मेलन मार्फत् संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

यो पनि