जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ, नेकपाको आन्दोलनको कार्यक्रम

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड–नेपाल समूहले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

१. २०७७ पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।

२. २०७७ पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।

३. २०७७ पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया कार्यक्रम ।

४. २०७७ पुस २३ गते नागरिक समाजसँग व्यापक अन्तरक्रिया कार्यक्रम ।

५. २०७७ पुस २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र । विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।

६. २०७७ पुस २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम ।

७. २०७७ पुस २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश२, गण्डकी र कर्णालीमा) र पुस २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम ।

८. २०७७ पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुद्ध सबै वडाहरुमा व्यानर राख्ने कार्यक्रम ।

९. २०७७ पुस २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला ।

१०. २०७७ पुस ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा ।

११. २०७७ माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।

१२. २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली ।

१३. २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा ।

१४. २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।

१५. २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा ।

१६. यस बीचमा उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम र लेखक–कलाकारहरु, सांस्कृतिककर्मीहरु र बुद्धिजीवीहरुको विशिष्ट प्रकारको कार्यक्रमहरु आयोजना गरिने ।

१७. यसबीचमा दोस्रो चरणको कार्यक्रमको शुरुदेखि नै स्थानीय पार्टी र जनवर्गीय संगठनहरुले सिर्जनात्मकरुपले कार्यक्रमलाई निरन्तरता दिने ।


कस्तो लाग्यो ?

यो पनि