जेठ ०५, २०८१, शनिबार
               

'प्रचण्ड–माधवको अवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तै'

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव समूहकाे अवस्था रत्नपार्कमा औषधि बेच्नेहरूको जस्तो हालत हुने बताएका छन् ।

शनिबार काठमाडौं जिल्ला कार्यसमितिको आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल पक्षसँग गन्तव्यमा पुग्ने कुनै एजेण्डा नभएको पनि दावी गरे ।

प्रधानमन्त्री ओलीले भने'उहाँहरूको भनेको सिसीमा औषधि बेच्ने जस्तो हालत हुन्छ। त्यही पनि रत्नपार्कमा औषधि बेच्ने मान्छेको जस्तो हालत हुने अवस्था छ । उहाँको एजेण्डा देश र संविधानप्रति होइन । यी सब भन्ने कुरा हुन् । गन्तव्यमा पुग्न  राजनीतिक एजेन्डा हुनुपर्छ । उहाँहरुको एजेन्डा देश होइन, जनता होइन, संविधानको रक्षा होइन ।’

सडकमा उत्रिएर केही नहुने दाबी गरे । साथै  सरकारलाई काम गर्न नदिएकोले संसद् विघटन पनि दावी गरे । 


कस्तो लाग्यो ?

यो पनि