जेठ ०४, २०८१, शुक्रबार
               

अझै नेकपा एक रहने सम्भावना जीवित छ:  नेता गौतम

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् ।

नेकपा दुई धार हुनुभन्दा अघिका उपध्यक्षसमेत रहेका गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपश्चात्  सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ ।’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको तर्क छ । 
अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने उपाध्यक्ष गौतमले उनले एकताको पक्षमा सबै रहेको बताए । ‘ देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग छन्,’ सञ्चारकर्मीसँग उनले भने । 

शुक्रबारै राष्ट्रियसभा बैठकमा बोल्दै दिननाथ शर्माले हिजो एउटै ऐजेन्डा बोकेर छिरेका नेता आज दुई पक्षमा आएको बताउँदै नेता गौतमलाई नेकपा एक हुन  केही रसायन छन् भने प्रयोग गर्न सुझाव दिएका थिए । 

संसद विघटनसँगै नेकपा दुई धारमा देखिएको छ । तर, नेता गौतम अहिलेसम्म कुनै पनि धारमा स्पष्ट देखिएका छैनन् । यद्यपि उनलाई आफ्नो पक्षमा तान्न दुवै पक्ष तल्लीन छन् । गौतम यसअघि नेकपा विवाद आउँदा रसायनको रुपमा स्थापित हुँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि