जेठ ०७, २०८१, सोमबार
               

आन्दोलनको नाममा सडकमा अभद्र र अमर्यादित नारा लाग्न थाले : सरकारका प्रवक्ता

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आन्दोलनको नाममा सडकमा अभद्र र अमर्यादित नारा लाग्न गरेको बताएका छन् । 

सत्तारुढ दल नेकपाको विभाजनपछि प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध केही दिनअघि आयोजना गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध एक समूहले आपत्तिजनक नारा लगाएको सन्दर्भलाई जोडेर उनले यस्तो  बताएका हुन् । यसका अलवा उनले भने, ‘यस्ता नाराले व्यवस्थामाथि नै आँच आउन सक्छ ।’

नेपालको संविधान र राष्ट्रपति संस्थामाथि अभद्र, अशिष्ट र अराजनीतिक नारा लागेको बताउँदै उनले नेपालको प्रणालीप्रति नै आँच आउनेतर्फ सजग हुनुपर्ने बताएका छन् । 

सो क्रममा मन्त्री गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह पनि गरे।

संसद पुर्नस्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरेका थिए। उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे ।

यो पनि