जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपति संविधानको संरक्षक बन्न नसकेको नेता रावलको भनाइ

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् ।

शुक्रबार प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रमममा नेता रावलले सो कुरा बताएका हुन् । नेता रावलले भने,  ‘राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने थियो, संविधानको भावनाअनुसार काम गर्न सक्नुपर्ने थियो । तर राष्ट्रपति कुनै गुटको वा पक्षको जस्तो मात्रै देखिनु भयो ।’

आफैँले फिर्ता लिएको अध्यादेश फेरि प्रमाणित गर्दा एकपटक सोच्नुपर्ने बताउँदै उनले प्रधानमन्त्रीले जे भन्यो राष्ट्रपतिले त्यही गरेको उनको भनाइ छ । ‘राष्ट्रपतिले संविधानमा के लेखेको छ भनी अध्ययन पनि गर्नुपर्ने थियो ।’

आफू नेकपा विवादको प्रत्यक्ष साक्षी रहेको भन्दै उनले ‘प्रधानमन्त्री ओलीले आफूलाई पार्टीबाट असहयोग भएको भनेर आरोप लगाउनुमा कुनै तुक नभएको बताए ।यसका अलवा उनले हाल अध्यक्ष दाहाल तथा नेपालले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि