जेठ ०३, २०८१, बिहीबार
               

नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दूराष्ट्र कायम गर्नुपर्नेमा राप्रपाको जोड

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालमा राजतन्त्रको पुनःस्थापना र हिन्दूराष्ट्र कायम गर्नुपर्ने जोड दिएको छ । राजधानी काठमाडौंमा शुक्रबार राप्रपाद्वारा आयोजित विरोधसभाका क्रममा राप्रपा अध्यक्षत्रयबाट सो अभिव्यक्ति आएको हो । 

‘नेपालमा गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुर्स्थापना तथा देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गरिनुपर्छ,’ सो संबोधनका क्रममा अध्यक्ष पशुपति सम्सेर राणाले भने, ‘प्रतिनिधिसभा विघटनबाट यो सरकार र पद्धतिको वैधता सकियो । अब मुलुकले कोर्स करेक्सन गर्नु पर्छ ।’

राणाले राष्ट्रपतिको भूमिकाप्रति अध्यक्ष राणाले तीब्र असन्तोष व्यक्त गरे । हतारमा अध्यादेश जारी गर्ने, हतारमै फिर्ता लिने र फेरि दुई महिनापछि त्यही अध्यादेश जारी गर्ने जस्तो विवादास्पद काम गर्ने राष्ट्रपतिलाई अब मुलुकले नपाल्ने उनले बताए ।

त्यसैगरी अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकता र पहिचानका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना अनिवार्य रहेको बताए । उनले समयमै सचेत नभए मुलुक विदेशीको क्रिडास्थल बन्ने बताए । देश इतिहासकै सर्वाधिक कठिन र संकटपूर्ण घडीमा गुज्रेको बताउँदै उनले राजनीतिक दल र नेतृत्वले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्न नसके राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डता संकटमा पर्ने उनको भनाइ थियो । 

अर्का अध्यक्ष कमल थापाले गणतन्त्रको विकल्प खोज्दै राजादेखि विद्रोही विप्लवसम्म र कांग्रेसदेखि कम्युनिष्ट, मधेशवादी सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक रहेको पनि बताए ।

त्यसैगरी, नेताहरुले जिम्मेवारी निर्वाह गर्न नसके आगामी दिनमा परिस्थिति राजनीतिक दल र नेताहरुको नियन्त्रणबाहिर जानसक्ने  प्रारम्भिक संकेत देखिएको बताउँदै उनले नयाँ नेपाल बनाउने नाममा हिन्दु राष्ट्रलाई समाप्त पारेको बताए । 

यसका अलवा उनले राजतन्त्र पाखा लगाएको तथा संघीयताको नाममा जातजातिलाई विभाजन गरेकाले देश दिशाहीन भएको उनको भनाइ छ । जसका कारण देशमा विदेशी चलखेल पनि बढेको उनले बताए ।

राप्रपा आन्दोलन परिचालन समितिका संयोजक एवं पूर्वमन्त्री बुद्धिमान तामाङले मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना नभएसम्म आन्दोलन नरोकिने उद्घोष गरे भने नेता दीपक बोहराले आफूहरू लक्ष्यमा पुगेर छोड्ने दाबी गरेका थिए । 

राजतन्त्रवादी र लोकतान्त्रिक शक्तिको एकताले नै देशमा शान्ति र स्थायित्व कामय हुने भएको बताउँदै उनले निषेधको राजनीति नगरी सबै अटाउने समावेशी, साझा व्यवस्थाको निर्माण गर्नुपर्नेमा जोड दिए ।

यो पनि