बैशाख १७, २०८१, सोमबार
               

प्रतिगमनविरुद्धको लडाइ जित्न दलहरुबीच एकता आवश्यक छ: अध्यक्ष ठाकुर

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रतिगमनविरुद्धको लडाइलाई जित्न दलहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् ।

जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीबीच एकीकरण घोषणासभालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् ।  ‘एक्लै-एक्लैले लडाइ जित्न नसकिने भएकाले अग्रगामी शक्तिहरु एक ठाउँमा आउनुपर्छ,’ उनले भने, ‘आऊ हामी सबै मिलेर प्रतिगमनको विरोधमा लडौँ ।’

वरिष्ठ नेता राजेन्द्र महतोले देशमा पहिलादेखि प्रतिगमन भएको र अहिले प्रतिगमनमाथि प्रतिगमन लादिएको उनको भनाइ छ । त्यसैगरी,  उनले संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउन सुरुदेखि संघर्ष गर्दै आएको उनको भनाइ छ ।

 


कस्तो लाग्यो ?

यो पनि