जेठ ०७, २०८१, सोमबार
               

प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई अविश्वास प्रस्ताव लगाई हटाउने प्रक्रिया सुरु गरिएको छ । मण्डल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका हुन् । 

उनलाई पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले हटाउन लागेको हो ।

दलका नेता मण्डललाई हटाउन नेकपाका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गरिएको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए । 

प्रदेशसभामा नेकपाका ३२ सदस्य छन् । महतोका अनुसार १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । 
यद्यपि प्रचण्ड–नेपाल समूहमा २० जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी गरिएको छ । 

संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव ल्याउन  प्रदेशसभाका एक चौथाई सदस्यहरुको हस्ताक्षरसहित दलका उपनेतालाई बुझाउनुपर्ने संवैधानिक प्रावधान छ ।

सोहीअनुरुप उपनेतालाई दुई दिन अगाडी नै अविश्वास प्रस्ताव दर्ता गराइएको महतोले जानकारी दिए । मण्डललाई केही दिनअगाडि मात्रै नेकपा ओली समूहले प्रदेश २ को इन्चार्ज नियुक्त गरेको थियो । 

यो पनि