जेठ ०४, २०८१, शुक्रबार
               

जब महामन्त्री सिंह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे...

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

भेटमा महामन्त्री सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् ।

बिहीबार महामन्त्री सिंह प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पताल पुगेका थिए । सीता अस्पतालबाट  डिस्चार्ज भइसकेपछि सिंह प्रचण्ड निवास खुमलटार पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए । सोही क्रममा सिंह प्रचण्डबीच छलफल भएको हो ।

प्रचण्डसँगको भेटमा सिंहले भने ‘प्रतिनिधिसभा विघटन गलत हो र यसको पुनःस्थापना हुनुपर्छ । यो विषयमा समान धारणा भएका दलहरुले संयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्न दबाब दिनुपर्छ ।’

उनले संयुक्त रुपमा जान नसके पनि नेकपाको प्रचण्ड–नेपाल समूहले गर्ने आन्दोलनप्रति आफूहरुको समर्थन रहने बताए । 

महामन्त्री सिंह अध्यक्ष प्रचण्डका कट्टर आलोचक मानिन्छन् । सिंह नेतृत्वको मसालले पछिल्लो समय प्रधानमन्त्री ओलीले उठाएको राष्ट्रवादको मुद्दालाई साथ दिँदै आएको थियो । 

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको भने मसालले खुलेरै विरोध गरेको छ । 

यो पनि