जेठ ०७, २०८१, सोमबार
               

नेापलको राजनीतिक घटनाक्रम आन्तरिक मामिला : अमेरिकी दूतावास

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनलाई लिएर अमेरिकाले प्रतिकृया दिएकाे छ । अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भएकाे बताएकाे छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक संकट देखा परेको थियो । उक्त संकटपछि यसअघि नै भारत र चीनले प्रतिकृया जनाएसकेकाे थियो भने अमेरिकाले पनि आफ्नो धाराणा राखेकाे हाे । 

भारत र चीनबाट नेपालको राजनीतिक घटनाक्रममाथि प्रक्रिया आए पनि अमेरिका यस विषयमा मौन थियो । तर दूतावासकी प्रवक्ता आना रिची–एलेनले यो नेपालका सार्वभौम संस्थाहरू र राजनीतिक दलहरूले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानूनको शासनअनुरुप समाधान गर्ने आन्तरिक मामिला हो रहेकाे बताएकी छन् । 


कस्तो लाग्यो ?

यो पनि