बैशाख १७, २०८१, सोमबार
               

वैदेशिक रोजगार विभागले पुनः अनलाइनबाट श्रम स्वीकृति लिने

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारबाट अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति गर्ने भएको छ । 

विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने तथा वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन व्यवस्था मिलाएको हो ।

विभागका अनुसार शुक्रबारदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ । यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । 

एकपटक विभागबाट आइडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको विभागले जनाएको छ । नयाँ श्रम स्वीकृतिका लागि विभागले मेनपावर, मेडिकल र ओरेन्टेसन संस्थाबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि