जेठ ०६, २०८१, आइतबार
               

शेरधन राईले गरे १५ सांसदलाई निलम्बन

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ । एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् ।

यसअघि दाहाल–नेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ नेता चुनेका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै उनीहरुलाई तीन महिनाका लागि संसदीय दलकाे क्रियाकलापमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको जनाएका छन् । 

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो । निलम्बित हुनेमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

प्रदेश–१ मा प्रत्यक्षका ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । जसमा नेकपाको ६७, कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिकको १ सिट छ ।

 


कस्तो लाग्यो ?

यो पनि