जेठ ०६, २०८१, आइतबार
               

संसदीय दलको नेताबाट राईलाई हटाइयो, आचार्य चयन

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । 

आज (बिहीबार) बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । 

हिजो (बुधबार) को बैठकमा भने ३६ जना उपस्थित थिए ।


कस्तो लाग्यो ?

यो पनि