जेठ ०९, २०८१, बुधबार
               

कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि नै खतरा उत्पन्न भए पार्टी चुप लागेर नबस्ने बताएका छन् । 

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद् विघटन गरेर असंवैधानिक कदम चालेको बताए ।

‘ओलीको कदम अलोकतान्त्रिक हो भनेर भनिराखेका छौँ, यस कदमका विरुद्ध देशभर हाम्रो पार्टीले आवाज उठाइरहको छ,’ उनले भने, ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभाव नपार्ने गरी हामी संसद् विघटनको विरोध गरिरहेका छौँ ।’ 

कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल कार्यक्रमलाई  सम्बोधन गर्दै देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने दोहोर्‍याए ।

‘अदालतको निर्णयमा प्रभाव पार्ने काम लोकतान्त्रिक हुँदैन । हामी अदालतको निर्णयलाई सम्मान गर्नेछौं । निर्णय पर्खिरहेका छौं,’ उनले भने, ‘हामीले लोकतान्त्रिक र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्छ ।’ 

देउवाले अदालतमा विचाराधीन मुद्दामा आन्दोलनका नाममा भोलि कुनै पनि सरकारबाट अदालतविरुद्ध आन्दोलन हुने गलत अभ्यास नबसोस् भनेर पार्टी सचेत रहेको बताए ।

‘ओलीले अचानक संसद् विघटनको सिफारिस गरेर असंवैधानिक कदम चालेका छन् । हामीले त्यो अलोकतान्त्रिक कदम हो भनिराखेका छौं,’ सभापति देउवाले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले हामी लोकतन्त्रमाथि नै खतरा हुने अवस्थामा चुप लागेर बस्दैनौँ ।’  

उनले आगामी दिनमा थप चनाखो भएर हिँड्नुपर्ने बताउँदै भने, ‘कुनै पनि किसिमले लोकतन्त्रमाथि खतरा उत्पन्न हुने स्थिति आए कांग्रेस चुप लागेर बस्दैन ।”


कस्तो लाग्यो ?

यो पनि