जेठ ०७, २०८१, सोमबार
               

संसद विघटनकाे १० दिनपछि प्रचण्ड र ओलीबीच फोन संवाद

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

संसद विघटनपछि पहिलो पटक आज प्रधानमन्त्री केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डबीच फोन संवाद भएकाे छ । आज भएकाे फोन संवादमा कुनै राजनीतिक कुराकानी भने भएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड पत्नी सीता दाहालको अवस्था बुझ्‍न पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार साँझ फोन गरेका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अुनसार दाहाललाई फोन गरेर ओलीले श्रीमती सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

बुधबार बिहान बिरामी परेपछि सीतालाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । साथै अर्थमन्त्री बिष्णु पौडेल र पूर्वसभामुख सुवास नेम्बाङ सीताकाे स्वासथ्यवस्था बुझ्न मेडिसिटी अस्पताल पुगेका छन् । 


कस्तो लाग्यो ?

यो पनि