बैशाख १९, २०८१, बुधबार
               

राष्ट्रिय सभाका सबै सदस्यको कोभिड परीक्षण भोलि

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् । 

अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए । तर यो अवधिभर राष्ट्रिय सभा सदस्यहरूलाई स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेकाे छ । १७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरूलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानि अपनाउन आग्रह गरे । 

राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आव्हान गरिएकाे छ । प्रतिनिधिसभा विघटनपछि बस्न लागेको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि