जेठ ०७, २०८१, सोमबार
               

'केपी ओली मुलुकलाई लुटेर खाने मान्छेहरूको नायक हो'

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले संविधान निर्माणका लागि आफैले हस्ताक्षर गरे पनि अहिले आएर आफैले बलात्कार गरेकाे बताएका छन् । अखिल नेपाल महिला संघद्वारा बुधबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरूलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताए । 

बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको खनालले बताए-‘केपी ओलीले केही मान्छेहर"लाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन्, त्यो एउटा गुटको भेला हो । संविधान विरोधी, लोकतन्त्र विरोधी, अराजक, मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’

उनले केपी ओलीकाे असंबैधानिक कदमकाे विरोध गर्दै संविधानमा नभएको व्यवस्था प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिनु संविधान नै विघटन गरेको बताए-‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन तर आज आफ्नै हस्ताक्षरलाई उनले बलत्कार गरेका छन् । देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरित उनले अहिले फेरि प्रतिनिधिसभा विघटन गरेका छन् । प्रतिनिधिसभाको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’

एक पटकको नजिरमा टेकेर फेरि पनि यस्ता असंबैधानिक कदम आउने भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि