जेठ ०७, २०८१, सोमबार
               

'प्रचण्डसँगका सम्झौताले मेरो ब्रिफकेस भरिएको छ'
चिसो भुइँमा रमिता नदेखाउन आग्रह

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भएको बताए ।

आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कति सम्झौता गर्ने ? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ ।’

निरन्तर असहयोग

ओलीले २०७४ को चुनावको नतिजा आएसँगै प्रचण्डले अस्थिरता निम्त्याउन र आफूलाई निरन्तर असहयोग गरेको आरोप लगाएका छन् ।

उनले चुनावमा आएको नतिजालाई फागुन ३ गतेसम्म अड्काएको आरोप लगाए । ‘बहादुर भवनबाट शितलनिवास हिडैरै पुग्न १० मिनेट लाग्ने ठाउमा चुनावी नतिजा पुग्न भने फागुन ३ गतेसम्म लाग्यो, काङ्ग्रेससंग वार्ता गर्ने र मसंग बार्गेनिङ गर्नुभयो,’ ओलीले भने, ‘चुनाव बामपन्थीसँग मिलेर लड्ने अनि दक्षिणपन्थीसंग मिल्ने ?’

प्रचण्डलाई आफूले मित्रताले अंगालो हालेको तर प्रचण्डले धृतराष्ट्रले जस्तो अंगालो हालेको तर्क गरे ।

‘उहाँहरु ममाथि अविस्वास प्रस्ताव, रास्ट्रपतिमाथी महाअभियोग लगाउन लाग्नु भयो । महान शान्तिगामी, परिवर्तनगामी देखिन खोज्दै हुनुहुन्छ ।’

धेरे साबुन, स्याम्पु र ट्याङ्करको पानी सकियो

आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप थियो । ‘तीन वर्षमा मेरो धेरे साबुन, स्याम्पु र ट्याङ्करको पानी सकियो । वहाँहरु सुध्रिनु भएन ।’

म मर्छु तर..

अध्यक्ष ओलीले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे । उनले संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले भने, ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुस् ।’

चिसो भुइँमा रमिता नदेखाउनुहोस्

उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्,’ ओलीको सुझाव थियो ।

माधब नेपाल प्रचण्डको कार्यकर्ता

प्रचण्ड–ओलीले पक्षले आफूसँग बहुमत भएको दाबी गरे पनि उनीहरुको बहुमत नभएको ओलीको भनाइ थियो । त्यस्तै, माधब नेपाल प्रचण्डको कार्यकर्ता मात्र भएको जिकिर गरे ।


कस्तो लाग्यो ?

यो पनि