बैशाख २३, २०८१, आइतबार
               

ओलीले पर्खनुस् दुवै पद छाड्छु भन्दा प्रचण्ड-माधवले केटाकाटीपन देखाए : भट्ट

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री देख्ने गरेको बताएका छन् ।  ओली समूहले बुधबार आयोजना गरेको  भेलालाई सम्बोधनका लागि सुदूरपश्चिम प्रदेश पुगेका उनले सो कुरा बताएका हुन् । 

यसका अलवा उनले कार्यकारी अध्यक्ष प्रचण्डले अहिल्यै मलाई प्रधानमन्त्री चाहियो भनी केटाकेटीपन देखाएको बताए ।‘ केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघरमण्डलामा उनी लडिबुडी गरे,’ उनले अघि भने, ‘राति सुत्दा पनि उनी प्रधानमन्त्री मात्रै देख्छन् ।’

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आमचुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न नसकेको उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि