जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड पत्नी अस्पताल भर्ना हुँदा स्थायी कमिटि बैठक स्थगित

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल मेडासिटी अस्पताल भर्ना भएकी छन् । 

छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिइन् । पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि प्रचण्ड अस्पताल पुगेका छन् । उनी अस्पताल जाँदा स्थायी कमिटि बैठक स्थगित भएको छ । 

अध्यक्ष उपस्थित नहुने भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । प्रचण्डपत्नी अस्पताल भर्ना भएसँगै आन्दोलनका थप कार्यक्रम घोषणा पनि स्थगित भएको छ । आज केपी ओलीकाे असंबैधानिक कदमविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणाकाे तयारीमा रहेकाे प्रचण्ड नेपाल समूहकाे कार्यसूची  स्थगित भएकाे हाे । 

 


कस्तो लाग्यो ?

यो पनि