जेठ ०७, २०८१, सोमबार
               

जब प्रधानमन्त्री ओली कार्की बेन्क्वेट पुगे...

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको आफ्नो पक्षको एक भेलामा सहभागी हुन बबरमहलस्थित कार्की बेन्क्वेटमा पुगेका छन् ।

पार्टी विभाजित भएपछि ओली पक्षले आज बुधबार सुदूरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरुको भेला राखेको हो ।

प्रधानमन्त्री ओली कार्की बेन्क्वेट पुग्दा त्यहाँ उपस्थित कार्यकर्ताले ‘केपी ओली जिन्दाबाद’ भन्दै नारा लगाएका थिए ।

सो भेलामा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी, ओलीनिकट नेता कर्ण थापा लगायतको सहभागिता रहेको छ ।

यसअघि भेलाअघि (बिहान) पनि सुदूरपश्चिम प्रदेशका राष्ट्रिय युवा संघ र अनेरास्ववियूको ओली समूहले सरकारको पक्षमा प्रदर्शन गरेको थियो । 

बबरमहलमा प्रदर्शन गर्दै युवा विद्यार्थीको समूहले प्रधानमन्त्री ओलीको पक्षमा नारावाजीसमेत गरेका थिए ।

प्रदर्शनमा 'केपी ओली हाइहाई, अरु सबै बाइबाई', 'मार्चण्डको पाराले, दुःख पाए साराले'लगायतको नारा लागेको थियो । युवा विद्यार्थीले सडकमा ओलीको कदमको पक्षमा प्रदर्शन गर्दै पार्टी एकता कायम गर भन्दै नारा लगाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि