जेठ ०७, २०८१, सोमबार
               

पेरिसडाँडामा प्रचण्ड-माधवको स्थायी कमिटी बैठक, कार्की ब्याङ्क्वेटमा ओलीको सम्बोधन

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूह तथा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षको अलग समूह बनेका छन् । दुबै समूहले आफू आधिकारिक भएको भन्दै समूहगत बैठक, भेला गरिरहेका छन् ।

यसैबीच, आज नेकपाको प्रचण्ड-माधव समूहले पार्टी कार्यालय पेरिसडाँडामा आफ्नो समूहको स्थायी समिति बैठक बोलाएको छ । ओली समूहले पनि सुदूरपश्चिम प्रदेशको नेता-कार्यकर्ताको भेला (कार्की ब्याङ्क्वेट) मा बाेलाएको छ ।

नेकपामा विभाजन आएपछि पहिलोपटक प्रधानमन्त्री ओली पार्टीको कार्यक्रमका लागि बालुवाटार बाहिर निस्कन लागेका हुन् ।

उनले यसअघि प्रचण्ड-माधव समूहले कार्यक्रम गरेको बबरमहलस्थित कार्की ब्याङ्क्वेट हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि