जेठ ०७, २०८१, सोमबार
               

मुख्यमन्त्रीले भने, ‘प्रचण्ड-माधव पक्षका मन्त्रीहरुलाई हटाउँदिन’

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रमा नेकपाको फुटको असरले प्रदेशका मन्त्रीहरुलाई पदबाट नहटाउने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले आफू एकताको पक्षमा रहेकाले सबैलाई समेटेरै जाने बताए ।

तर, प्रचण्डमाधव पक्षका मन्त्रीहरुले आफै राजीनामा बुझाएको अवस्थामा भने आफूले केही गर्न नसक्ने मुख्यमन्त्री गुरुङले बताएका छन् ।

पोखरामा जारी लिटरेचर फेस्टिबलमा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो सरकार समस्यामा नरहेको पनि बताएका छन् ।

मुख्यमन्त्री गुरुङले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन पनि संविधानअनुसारनै भएको बताए ।

उनले घेराबन्दीमा परेको अवस्थामा अनिर्णयको बन्दी बन्नुभन्दा नयाँ जनादेशमा जाने कुरा जायज भएको उल्लेख गरे ।

यो पनि