जेठ ०४, २०८१, शुक्रबार
               

सामन्ती र निरंकुशतावादी सल्बलाए : अध्यक्ष प्रचण्ड

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज गुरुङ समुदायको तमू ल्होछार, किराँत समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा शुभकामना दिँदै नेकपा प्रचण्ड–नेपाल समूहका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन् ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको बताएका छन् । साथै, दाहालले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने समय आएको बताएका छन् । 

अध्यक्ष दाहालले शुभकामना सन्देशमा भनेका छन्, ‘गुरूङ समुदायको तमू ल्होछार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यो पनि