जेठ ०६, २०८१, आइतबार
               

पेरिसडाँडामा १२ बजे प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अलग भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।  

उक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने स्रोतले जनाएको छ । नेकपाको हिजो पनि देशव्यापी पहिलो चरणको प्रदर्शन सम्पन्न भएको छ ।  

साथै, आज बस्ने बैठकले तय गर्ने आन्दोलनका कार्यक्रम आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बतायएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाकै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा उत्रिएका छन् । आजै स्थायी कमिटी बैठक अघि पेरिसडाँडामा नै अखिल नेपाल महिला संघको वृहत भेला आयोजना गरिएको छ। 


कस्तो लाग्यो ?

यो पनि