जेठ ०४, २०८१, शुक्रबार
               

‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको पद सुरक्षित छैन’

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको बताएका छन् । 

पदबाट बर्खास्त भएका मन्त्री बोहोराले मंगलबार सो कुरा बताएका हुन् । 

‘मलाई राजनैतिक पूर्वाग्रहमा जिम्मेवारीबाट हटाइयो,’ उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षीत रहिरहन्छ भन्ने छैन ।’ प्रदेश सरकारमा एक जना मात्रै ओली पक्षका मन्त्री बोहरा थिए । मुख्यमन्त्रीले आफू निकट नभएको भन्दै हटाएको उनको आरोप छ ।

आफू पार्टीबाट अलग भएर जाने, अनि मलाई जिम्मेवारीबाट मुक्त गर्नाले उनमा राजनीतिक पूर्वाग्रह भएको बताए । यसका अलवा उनले आफ्नो बर्खास्ततीलाई सामान्य रूपमा नलिने पनि बताए ।

हाल सो प्रदेशमा५३ जना प्रदेश सभा सदस्य छन् । जसमा १२ जना कांग्रेस र २ जना जनता समाजवादी पार्टीका छन् । बर्खास्तपछि मन्त्री बोहराले आफूलाई जिम्मेवारीबाट हटाएको विषयमा आधिकारिक जानकारी नदिएको आरोप लगाए ।


कस्तो लाग्यो ?

यो पनि