जेठ ०७, २०८१, सोमबार
               

यो त भत्केरो मात्र हो, आँधीबेहरी आउन बाँकी छ - प्रचण्ड

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले ओली लोकतन्त्रवादी नभएर निरंकुश तानाशाह भएको भन्दै उनले देशलाई भड्खालोमा हाल्न खोजेको दाहालको आरोप छ । उनले भने- 'केपी ओलीकाे स्वभाव थाहा हुँदाहुँदै अब त सच्चिए होला भन्ठान्यौँ । तर होइन रहेछ, हामीले केपी ओलीलाई बुझ्न सकेनौँ ।

ओली सुरुदेखि नै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र आन्दोलनको पक्षमा नरहेको बताएका हुन् ।०४६ को जनआन्दोलनको तयारीका क्रममा मदन भण्डारीले यो त आन्दोलन होइन, आन्दोलनको भत्केरो आएको मात्र हो । जन्ति आउनै बाँकी छ, बाजा बज्नै बाँकी छ’ भनेका स्मरण गर्दै उनले भने, ‘मैले पनि आज के सोचेको छु भने यदि संविधानमाथि भएको निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने यो भत्केउरो मात्र सावित हुनेछ । भोलि त आँधीहुरी आउनेछ ।’

‘हामी त्यसै छाड्नेवाला छैनौँ, तपाईले के-के गर्नुपर्ने हो, तयारी गरे हुन्छ ।’ देश भड्खालोमा गएको आफूहरशुले चुप लागेर बस्न नहुने प्रचण्डले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाएको आरोप लगाउँदै उनले अहिले पनि संसद भंग नभएको दाबी गरे । 

 

 


कस्तो लाग्यो ?

यो पनि