जेठ ०५, २०८१, शनिबार
               

एक वर्षअघि नै ओली लोकतन्त्रमाथि हमला गर्ने मनसायमा थिए : प्रचण्ड

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (प्रचण्ड-माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाले माफी मागेका छन् । संसद विघटनपश्चात् नयाँ राजनीतिक घटनाक्रम विकसित भएसँगै आन्दोलनमा उत्रेको सो पक्षका अध्यक्ष दाहालले आफू ओलीको कुरामा जानीनजानी फसेको भन्दै माफी मागेका हुन् । 

त्यसैगरी, उनले दुई तिहाई मत पाएको पार्टी तीन वर्षमै सडकमा उत्रनुपर्छ भन्ने नसोचेको बताएका छन् । ठूलो सोच राखेर पार्टी एकता गरेको तीन वर्षभित्रै पार्टी अध्यक्षविरुद्ध आवाज उठाउँदै सडकमा आउनुपर्छ भन्ने आफूलाई नलागेको बताए ।

उनले अहिले देशभरबाट ओलीविरुद्ध प्रदर्शन गरिरहेको बताए । उनले लोकतान्त्रिक प्रणालीविरुद्ध गरिएको प्रहारकाविरुद्ध सडकमा आएको बताए । ७० वर्षदेखि विभिन्न चरणका आन्दोलन गरेको बताउँदै प्रचण्डले संविधानसभाबाट संविधान बनाएर अघि बढ्ने सोचका साथ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको स्मरण गरे ।

यसका अलवा उनले हजारौँ नेपालीले ज्यान गुमाएर ल्याएको गणतन्त्र संस्थागत हुन नसकेपछि सडकमा आउने परेको बताए । ‘संसद भ‌ंग भएको छैन । केपी ओली इतिहासमा कलंकका रुपमा स्थापित भए । ओली संविधान  बलात्कारी पनि हुन्,’ उनले भने । केपी शर्मा ओलीले चालेको कदमबारे देशैभरि आलोचना भइरहेको बताउँदै यतिखेर जनतादेखि पूर्वप्रधानन्याधीश र नागरिक समाजलगायत आन्दोलनमा उत्रिएको बताए । 

सरकारलाई यो आन्दोलनलाई ट्रेलरको रुप मात्रै बुझ्न आग्रह गरे । संबोधनकै क्रममा प्रधानमन्त्रीको कदमविरुद्ध आमजनता सडकमा उत्रिनुले अदालतलाई सहजीकरण गरेको पनि बताए । अदालतले संसद पनर्स्थापना गर्ने विश्वास आफूमा रहेको बताउँदै उनले सो कुरा बताएका हुन् । 

एक वर्षअघिदेखि प्रधानमन्त्री ओलीमा लोकतन्त्रमाथि हमला गर्ने मनसाय विकास भएको बताउँदै उनले सचिवालय बैठकमा आफूलाई बोल्न निदएको भनी दुखेसो पनि गरे ।      

     


कस्तो लाग्यो ?

यो पनि