जेठ ०७, २०८१, सोमबार
               

प्रधानमन्त्रीको कदमले सबैलाई सडकमा ल्यायो: नेता श्रेष्ठ

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमविरुद्ध सबै दल सडकमा आएको बताएका छन् ।

प्रचण्ड नेपाल समूहले राजधानीमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सो कुरा बताएका हुन् । सो  क्रममा उनले भने, ‘सरकारको कदमले राजनीतिक दल, नागरिक समाजलाई सडकमा आउन बाध्य बनाएको छ ।’ यसका अलवा उनले प्रधानमन्त्रीको कदम नसच्चिएसम्म आन्दोलन जारी रहने बताए । 

पुस  ५मा संसद विघटनसँगै फरक राजनीतिक घटनाक्रम विकसित भएको छ  । सोही क्रममा सत्तारुढ दल नेकपाका  कार्यकारी अध्यक्ष र  माधव नेपालबीच मोर्चा सडकमा नाराबाजीमा उत्रेको छ भने उनीहरुले नै बनाएका एक नम्बरको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली सो प्रदर्शन,नारा जुलुसको सामना गरिरहेका छन् । यतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध नेकपाको सो पक्ष भृकुटीमण्डपमा कार्यक्रम गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि