जेठ ०७, २०८१, सोमबार
               

प्रतिनिधिसभाको बैठक आह्वान नभएसम्म सडक छाड्दैनौंँ :भट्टराई

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन् ।

संसद विघटनसँगै मन्त्री पदबाट राजीनामा दिएका भट्टराईले मंगलबार माधव प्रचण्ड नेतृत्वले गरेको प्रदर्शनमा सो कुरा बताएका हुन् ।

माधव-प्रचण्ड नेतृत्वले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछ । त्यसैक्रममा बाग्मती प्रदेशको हकमा यतिखेर काठमाडौंमा प्रदर्शनसहित जनसभा भइरहेको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन तब सम्म नछाड्ने उनको भनाइ छ । ‘प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ,’उनले भने । 


कस्तो लाग्यो ?

यो पनि