काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले राजधानीमा जनप्रदर्शन सुरु गरेको छ ।
जनप्रदर्शनको नेतृत्वक गर्दै प्रचण्डमाधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल भृकुटीमण्डप पुगेका छन् ।
संसद विघटनविरुद्ध आज जनप्रदर्शन भइरहेको छ ।
देशभर हुने उक्त विरोध प्रदर्शनमा प्रचण्ड-माधव समूहले नेता तथा कार्यकर्ता सडकमा ओरालेको छ ।