बैशाख २३, २०८१, आइतबार
               

नेकपा प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा प्रदर्शन (तस्वीरसहित)

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले राजधानी काठमाडौंमा  प्रदर्शन गरेको छ । आफ्नै दलको अध्यक्ष  तथा प्रधानमन्त्रीले संसद विघटन गरेपिछ फरक धारमा  देखा परेको सो पक्षले मंगलबार राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निकालेको हो । 

प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शन गर्ने बताउँदै आएको पक्षले मंगलबार टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मीकि क्याम्पसलगायत स्थानबाट प्रदर्शन निकालेको छ ।

कसले कहाँ नेतृत्व गरेका छन् ?

टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मीकिबाट गणेश साहले जुलुशको नेतृत्व गरेका छन् ।

साथमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ अष्टलक्ष्मी शाक्यलगायत नेता ‘प्रतिनिधिसभाको असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौं’ लेखिएको ब्यानरको साथमा छन् ।

यो पनि