बैशाख १४, २०८१, शुक्रबार
               

राप्रपाको संघर्ष मुलुककै लागि अत्यावश्यक र महत्त्वपूर्ण : नेता तामाङ

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । राप्रपाको जारी आन्दोलनका कमान्डर नेता बुद्धिमान तामाङले आफ्नो दलले गरिरहेको आन्दोलन मुलुकको लागि अत्यावश्यक र महत्त्वपूर्ण रहेको बताएका छन् ।

भक्तपुरमा आज आयोजित कार्यक्रममा तामाङले यो आन्दोलन राप्रपाका लागि मात्र नभई समग्र मुलुकका लागि भएको बताए ।

उनले १२ बुँदे समझदारीदेखिको गलत मार्गचित्र सच्याउने उपयुक्त समय आएकोले संघर्षमा होमिन अपिल पनि गरेका छन् । उनले मुलुकमा विदेशी प्रभाव बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरे ।

राप्रपाले पुस १७ गते काठमाडौंको रत्नपार्कमा वृहत् प्रदर्शन गर्ने जनाएको छ । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना तथा संघीयताको सट्टा सुदृढ स्थानीय शासनलाई राप्रपाले आफ्नो मूल मुद्दा बनाएको छ ।

त्यही आन्दोलनको क्रममा नेता तामाङले आज भक्तपुरमा कार्यकर्ता भेटघाट गरेका हुन् । नेता तामाङले यो आन्दोलनलाई 'गर या मर'को संज्ञा दिने गरेका छन् ।

मुलुकको आत्मनिर्णयको अधिकार गुम्दै छ । जनताले दुख-कष्ट पाएका छन् । देशलाई अब गलत मार्गचित्रबाट सही बाटोमा ल्याउन जरूरी भइसकेको छ ।

Posted by बुद्धिमान तामाङ on Monday, December 28, 2020

नेता तामाङले आजै फेसबुकमार्फत पुस १७ गते हुने प्रदर्शनमा सरिक हुन अपिल पनि गरेका छन् । 

दिवंगत राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवप्रति भावपूर्ण श्रद्धाञ्जली । नेपाल र नेपालीले राष्ट्रवादी, उदार र...

Posted by बुद्धिमान तामाङ on Monday, December 28, 2020

 

यो पनि