बैशाख २१, २०८१, शुक्रबार
               

चिनियाँ टोलीसँग भेटपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच २ घण्टा छलफल

नेपाल फ्ल्यास
पुस १४, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा रहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हाे ।

उनीहरूबीच नेकपा विभाजन तथा नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीसँगकाे भेटवार्ताका विषयमा झण्डै २ घण्टा छलफल भएको थियो ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको यो भेट नियमित सिलसिलाअन्तर्गतकै भएको शितल निवास स्रोतले दाबी गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका बेला भएकाे राष्ट्रपति भण्डारी र ओलीको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ता गरेको थियो भने सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेको थियो ।

यो पनि