जेठ ०७, २०८१, सोमबार
               

देउवालाई भेट्न चिनियाँ टोली बुढानिलकण्ठ पुग्यो

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं :  चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल टोली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । स्राेका अनुसार नेपाल भ्रमणमा रहेकाे उक्त टोली र कांग्रेस सभापति देउवाबीच छलफल जारी छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न बुढानिलकण्ठ पुगेको बुझिएकाे छ । 

चीनले नेपालको राजनीतिक घटनाक्रममा बारेमा जानकारी लिए पनि आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने सोमबार बताइसकेकाे छ । साथै नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटिसकेकाे छ भने । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग सोमबार भेट गरेकाे थियो । 


कस्तो लाग्यो ?

यो पनि