जेठ ०७, २०८१, सोमबार
               

नेकपा प्रचण्ड–माधव समूहले आज ठूलो संख्यामा काठमाडौंमा विरोध प्रदर्शन गर्दै

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । गत पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अलग भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुश्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहले संसद विघटनको विरोधमा आज ठूलो संख्यामा कार्यकर्ता सडकमा उतारेर काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

उच्च स्रोतका अनुसार उक्त समूहले काठमाडौंको प्रदर्शनमा करिब ५० हजार कार्यकर्ता सडकमा उत्रने बताइएको छ ।  उक्त जुलूसको नेतृत्व स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले  गर्ने उच्च स्रोतले जनाएको छ ।

बिहान ११ बजेबाट काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुुस निस्कने स्रोतको भनाई छ । प्राप्त जानकारी अनुसार टेकु, कुपन्डोल, नयाँ बानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुन्छ ।

साथै, रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निस्कने जनाइएको छ । सो जुलुस भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन भइरहेको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो भने जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएको छ ।
 

यो पनि