बैशाख २४, २०८१, सोमबार
               

चिनियाँ टोली र झलनाथ खनालबीच भेटवार्ता

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ ।

टोलीले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालसँग उनको निवास डल्लुमा सोमबार भेटवार्ता गरेको हो। उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।

भेटमा वरिष्ठ नेता खनाल र येचौबीच दुई पार्टी र दुई देशबीचको सम्बन्धलाई अझ राम्रो र सुदृढ गर्ने विषयमा छलफल भएको थियो । 

भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौले पूर्वप्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थितिबारेमा जिज्ञासा राखेका थिए ।

नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी आन्तरिक विवादका कारण विभाजन र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन भएपछि हिजो चिनियाँ टोली काठमाडौं आएको हो ।

टोलीले प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रचण्ड समूहका अर्का अध्यक्ष माधव नेपाललगायतसँग भेट गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि