काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ प्रदेश सांसदलाई स्पष्टीकरण सोधिएको छ ।
नेकपाका प्रमुख सचतेक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घन्टे स्पटीकरण सोधका हुन् ।यसका अलवा उनले सो प्रस्ताव फिर्ता गर्न पनि निर्देशन दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले उनीहरुलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो । पार्टी विभाजनपछि प्रचण्ड– माधव पक्षका ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
सचेतक राजभण्डारीले संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकाले सो प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेस गर्नका लागि पत्र पठाएको बताए । ‘प्रस्ताव फिर्ता लिएर स्पष्टीकरण नबुझाए राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानबमोजिम कारबाही हुन्छ ।’