चैत १६, २०८०, शुक्रबार
               

आन्दोलनमा होमिन राप्रपा नेता तामाङको अपिल

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलनमा होमिन राप्रपा नेता एवं पूर्वमन्त्री बुद्धिमान तामाङले अपिल गरेका छन् । 
राप्रपाको आन्दोलनका कमान्डरसमेत रहेका तामाङले १२ बुँदे समझदारीदेखि मुलुकले लिएको गलत बाटो सच्याउन आन्दोलनमा होमिन अपिल गरेका हुन् । 

राप्रपाले पुस १७ गते काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्दै छ । हिजो आइतबार राप्रपाले सबै जिल्ला प्रशासन कार्यालयमा आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको थियो । शनिबार राप्रपाको युवक संगठनले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको थियो । 

पुस १७ गतेको प्रदर्शनका लागि तयारी तीव्र भएको जानकारी नेता तामाङले नेपाल फ्ल्यासलाई दिए । त्यसक्रममा आज सोमबार बिहान आफ्नो विद्यार्थी संगठनसँग छलफल भएको उनले जनाए । त्यसपछि पार्टी निकटको भूतपूर्व प्रहरी संगठनको आन्दोलनको स्वरूप र योजनबारे विमर्श भएको थियो । सोमबार नै ललितपुर क्षेत्र नम्बर ३ र भक्तपुर क्षेत्र नम्बर २ सँग पनि आन्दोलन परिचालनका कमान्डर तामाङले बैठक गरेका थिए । 

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि पुस १७ गते काठमाडौंमा हुने आन्दोलनलाई सार्थक बनाउने क्रममा पार्टीका...

Posted by बुद्धिमान तामाङ on Monday, December 28, 2020

यसैगरी इलाम, पाँचथर र ताप्लेजुङको सम्पर्क मञ्चसँग आन्दोलनलाई प्रभावकारी बनाउनेबारे छलफल भएको नेता तामाङले जनाए । 
यसैबीच नेता तामाङले १७ गते हुने आन्दोलनमा साथ र सहयोग पुर्‍याउन राप्रपा कार्यकर्तालगायत राजावादी एवं राष्ट्रवादी व्यक्ति, समूह तथा संस्थाहरूलाई आहग्र पनि गरेका छन् ।

आजै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनमा सहभागी हुन अपिल पनि गरेका छन् ।

Posted by बुद्धिमान तामाङ on Sunday, December 27, 2020
यो पनि