बैशाख २२, २०८१, शनिबार
               

'अदालतको निर्णय स्वीकार्य'

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ र्‍याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको र्‍याली नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् ।

उनले कांग्रेस वामपन्थीको सहकार्यमा सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताए । अर्का केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिइन् । सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकारले शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताए । प्रदेश नं १ प्रदेशसभाका प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी राख्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि