जेठ ०५, २०८१, शनिबार
               

प्रचण्डले दिए ओलीलाई धन्यवाद

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौंं । नेकपा प्रचण्ड–माधव पक्षीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको  आरोप लगाउँदै धन्यवाद दिएका छन् । 

जनसंस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो आरोपसँगै प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् । 

‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो,’ प्रचण्डले भने, ‘संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेर उहाँले कलंकको टीका लगाउनुभयो ।’

त्यसैगरी, उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिएका छन् । आफूहरुलाई जनतामा जाने मुद्दा दिएको भन्दै उनले प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् । प्रचण्डले भने, ‘केपीजीलाई धन्यवाद । तपाईंले हामीले जनतामा जाने मुद्दा दिनुभयो । संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्दा दिनुभयो । अर्को चुनाव हामी जित्छौँ ।’ राजनीतिक रुपमा बाजी जितेपछि भोलिबाट फिल्डमा उत्रिनुपर्ने र केही महिना लाग्ने उनको दाबी छ ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै यतिखेर नेकपा दुई धारमा छ ।  २०७५बाट नेकपामा रुपान्तरण भएका दुई ठूला कम्युनिस्ट एकता महाधिवशेनसम्म नपुग्दै दुई धार भएका हुन् ।

जसमध्ये एक धारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले गरेका छन् भने अर्को धारको नेतृत्व दुई अध्यक्षात्मक प्रणालीअनुरुप माधव नेपाल र प्रचण्डले नेतृत्व गरेका छन् । यतिखेर दुवै पक्ष नेता तथा कार्यकर्ता र पार्टी कार्यालय र पार्टीको सम्पतिको आफ्नो पक्षमा पार्नमा दत्तचित्त देखिन्छन् । 


कस्तो लाग्यो ?

यो पनि