जेठ ०७, २०८१, सोमबार
               

संसद् सडकबाटै फिर्ता ल्याउँछौं : घनश्याम भुसाल

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

माधव नेपाल-पुष्पकमल दाहाल समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका छन् । गृहजिल्ला रूपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता भुसालले भने-‘जनताले अब संसद् पुनर्स्थापना रोज्ने कि मुलुक र विधिको शासनको बाटो रोज्ने बेला आएको छ ।’

असंवैधानिक तरिकाले विघटन गरेको संसद्लाई कांग्रेस र लोकतन्त्र पक्षधर कम्यनिष्ट शक्ति मिलेर पुर्नस्थापित गर्ने उनको भनाइ थियो । 'कांग्रेस र कम्युनिष्टहरुको सम्बन्ध कमजोर हुँदा नेपालमा लोकतन्त्रले घुँटा टेकेको इतिहास छ । संसद् पुनस्र्थापनाको आन्दोलनमा नेपाली कांग्रेस आउनेमा आफू विश्वस्त रहेको उनले बताए । राजाले लगेको संविधान कांग्रेस र कम्युनिष्ट मिलेर फिर्ता गरे झै अब रैतीले लगेको संविधान पनि दुई शक्ति मिलेर संयुक्त रुपमा फिर्ता ल्याउने छौं ।

संविधान, लोकतन्त्र र स्थिरतामाथिको प्रहारलाई हरेक पटक जनताले पराजित गरेको उल्लेख गर्दै नेता भुसालले अहिले पनि सडकबाटै जनताले संसद् पुनर्स्थापना गरेरै छाड्ने ठोकुवा गरे । नेता भुसालले अदालतले पुनर्स्थापना नगरे जनताले विद्रोहका माध्यमबाट सडकबाटै संसद् पुनर्स्थापना गर्ने चेतावनी दिए ।


कस्तो लाग्यो ?

यो पनि