मंसिर ०७, २०८१, शुक्रबार
               

‘प्रधानमन्त्रीसँग संसद् विघटन गर्ने हैसियत छैन’

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ओली सरकारले नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाएपछि संसद् नै विघटन गरेर आफू शासनमा बस्न खोजेको बताए । काठमाडौं क्षेत्र नम्बर–१ को सभालाई सम्बोधन गर्दै सिंहले भने, “जनप्रतिनिधिको विश्वास लिन नसक्ने, संसद् र पार्टीका कमिटीको सामना गर्न नसक्ने प्रधानमन्त्रीसँग संसद् विघटनको हैसियत रहँदैन ।”

“संसद्ले प्रधानमन्त्री दिनै नसक्ने, सरकार दिनै नसक्ने अवस्थामा मात्र संसद् विघटनको परिकल्पना संविधानको धारा ७६ ले गरेको हो । अन्य अवस्थामा संसद् विघटन हुनै सक्दैन,” सिंहले भने, “त्यस्तो अवस्था नभएका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्दैनन् ।”

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर प्रदर्शन गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि