जेठ ०७, २०८१, सोमबार
               

केपी ओलीको चुनाव चिह्न बयलगाडा - नेता आचार्य

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता निरज आचार्यले केपी शर्मा ओली समूहको चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्न भन्दै व्यंग्य गरेका छन् ।

कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान पत्रकार सम्मेलन बोल्दै प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य निरज आचार्यले प्रधानमन्त्री ओली समूहप्रति व्यङ्ग्य गर्दै भने -‘साथीहरूलाई सूर्य चिह्न र पार्टी कार्यालयमा आँखा नलगाउँन आग्रह गर्छु, यी दुवै हाम्रा हुन . उहाँहरूलाई सुझाव छ । चुनाव चिह्न बयलगाडा र पार्टी कार्यालय बालकोट राख्नुस् ।’

साथै उक्त कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने - ‘पार्टी फुटाएर एउटा गुटबाट चुनाव लडेर बहुमत प्राप्त हुन्छ भन्ने भ्रममा केपी ओली स्वयम हुनुुहुन्न । यो संघीयता खारेज गर्ने षडयन्त्र हो ।’


कस्तो लाग्यो ?

यो पनि