जेठ ०५, २०८१, शनिबार
               

नेकपा विवाद : प्रचण्डलाई भेट्न चिनियाँ कम्युनिष्ट टोली खुमलटारमा

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि अर्कै ग्रुप बनाएका नेकपाका नेता पुश्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निवासमा खुमलटारमा चिनियाँ उच्चस्तरीय कम्युनिष्ट टोली पुगेको छ । हिँजो नेपाल आएका उक्त टोली राजनीतिक भेटवार्तामै व्यस्त देखिएको छ ।

नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेको हो । 

उनिहरुले हिँजै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विवाद मिलाउन सल्लाह दिएका थिए ।  चिनियाँ टोलीले अहिले नेकपा ९प्रचण्ड–माधव पक्ष० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ टोलीको भेटवार्ता भइरहेको छ ।

 प्रचण्डलाई भेटेपछि उनिहरुले आज नै माधवकुमार नेपाललाई भेटेरवरिष्ठ नेता झलनाथ खनाललाई पनि भेटी आपसी विवाद मिलाउन सल्लाह दिने स्रोतले जनाएको छ ।

यतिबेला नेकपामा विवाद भएर प्रचण्ड–नेपाल छुट्टै समूह बनेको छ । यसै विषयलाई मध्यनजर गरेर चिनियाँ कम्युनिष्ट टोली विवाद मिलाउन नेपाल आएको हो ।

यो पनि