बैशाख २५, २०८१, मंगलबार
               

संखुवासभा घटनापछि विप्लवको आक्रोश- ‘राज्यले दमनको नीति लियो’

नेपाल फ्ल्यास
पुस १२, २०७७

फाइल फोटो
ADVERTISEMENT

संखुवासभामा प्रहरीसँगको दोहोरो भिडन्तपछि विप्लव समूहले सुरक्षा निकायलाई आक्रमण गर्ने आफ्नो नीति नभएको बताएको छ ।

चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समुहका जिल्ला सेक्रेटरी युवराज राई घरमा आएको सुराका पाएपछि प्रहरीले आइतबार त्यहाँ सर्च अपरेशन चलाएको थियो । 

प्रहरी अपरेशनको क्रममा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले बताएका थिए ।

आइतबारको भिडन्तमा विप्लव समूहले ५ राउण्ड र प्रहरीले करिब २० राउण्ड गोली चलाएको डिएसपी मल्ले बताए ।

तर, विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गरेर प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईको बहिनी चन्द्रकलालाई कुटपिट गरेको दावी गरेका छन् । 

प्रहरीको कुटपिटबाट ढाडमा गहिरो चोट लागेको र चन्द्रकला अचेत भएको प्रकाण्डको दावी छ । 

मैदानेमा ‘दोहोरो भिडन्त’ नभएको दावी गर्दै प्रकाण्डले परिस्थितीलाई उक्साउने र उत्तेजित बनाउनेगरी राज्यले दमनको नीति लिएको विज्ञप्तिमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि