जेठ ०७, २०८१, सोमबार
               

मध्यराति बालुवाटारमा सामन्तहरुसँग भेट्नुका रहस्य विस्तारै खुल्दैछन् : नेता रावल

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने योजना नरहेको बताएका छन् । 

आइतबार धनगढीमा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘ओली कस्ता प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन्, जसले आफ्नै पार्टीभित्र जालझेल गर्छन्, संविधानमा कुनै व्यवस्था नभए पनि बलजफ्ती संसद् विघटन गर्छन्, आफै पार्टी फुटाउँछन् र पार्टी कार्यकर्ताहरुमाथि विश्वासघात गर्छन्,’ सो कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री ओलीले चुनाव गराउने उद्देश्यले संसद विघटन गरेकै होइनन् ।’ 

नेता रावलले स्थायी कमिटीको बैठकको निर्देशन उल्लंघन गर्नुको उनको मूल ध्येय पार्टी विभाजन रहेको बताए । ‘जुन अहिले पुष्टि भएको छ,’ उनले भने, ‘यसअघि नै अध्यादेश ल्याउन खोज्नु यसकैका लागि रहेछ भन्ने त बल्ल बुझियो । ‘सामन्तहरुसँग बालुवाटारमा मध्यराति भेट्नुका रहस्यहरु पनि विस्तारै खुल्दैछन् ।’


कस्तो लाग्यो ?

यो पनि