जेठ ०७, २०८१, सोमबार
               

खरिद प्रक्रियामा प्रभावित पार्न खोजे हस्ताक्षर नगर्ने नवनियुक्त त्रिपाठीको घोषणा

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।

संसद विघटनका कारण विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हु्न् । कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने उनको भनाइ छ । यसका अलवा उनले खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्नेसमेत बताए । 

‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । पारदर्शी ढंगले । कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तीमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन । चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस, प्रभावित जो जतिसुकै होस तर म ॐ पनि लेख्दिन । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरुसँग आग्रह गर्न चाहन्छु ।’

सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनै पनि समस्या उत्पन्न नहुने बताउँदै मन्त्री त्रिपाठीले कर्मचारीलाई छलफल र बैठकभन्दा पनि काममा बढी ध्यान दिन निर्देशन दिए ।

यो पनि